आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी बराबरीमा रोकियो

बिहीबार, ३० भदौ २०७९, ०९ : ३४
बिहीबार, ३० भदौ २०७९

प्रिमियर लिग क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलमा अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग १–१ गोलको बराबरी खेलेको छ । बुधबार राति भएको समूह चरण अन्तर्गत दोस्रो खेलमा चेल्सीले एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो ।

घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उता साल्जवर्गका लागि खेलको ५७ औं मिनेटमा नोः ओकाफोरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै समूह ‘इ’ को चेल्सीले पहिलो दुई खेलबाट १ अंक जोडेको छ । साल्जवर्ग दुई खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । बुधबार राति नै भएको अर्काे खेलमा सेभियाले कोपेनहमसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप