मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको दोस्रो जित
बिहीबार, ३० भदौ २०७९, ०९ : २२
स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३-१ को जित निकालेको छ ।
बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो । तर, तीन स्टारले एक एक गोल गरेपछि पीएसजीले पुनरागमन जित निकाल्यो ।
समूह ‘एच’ को अर्को खेलमा युभेन्ट्स बेन्फिकासँग २–१ ले स्तब्ध भयो । जितसंगै पिएसजी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । समान ६ अंक बेन्फिका गोलअन्तरले पछि पर्दै दोस्रो स्थान छ । युभेन्ट्स र मकावी हाइफाले अंक जोड्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्रीले पिटीपिटी मारे पत्नी
-
गण्डकीमा सभामुखलाई महाअभियोग लगाउने कांग्रेसको चेतावनी
-
महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक
-
उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
-
रुस–युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आयोगको आग्रह