अपडेट : काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु
बिहीबार, ३० भदौ २०७९, ०९ : १२
काभ्रेको बेथानचोक गाउँपालिकामा गएराती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गएराती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको थियो । उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।
निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण