वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने
![वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने](https://rpcdn.ratopati.com/media/albums/hospital_8H8vmHu9mf.jpg)
अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो ।
केन्द्रले तत्काल आधारभूत सेवा प्रदान गर्ने र विस्तारै अस्पतालको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा उक्त केन्द्र सञ्चालन हुनेछ । विकलाङमित्र समूहका संयोजक नित्रबहादुर देउजाले हाल पाँच कोठाबाट पुनःस्थापना र निःशुल्क उपचारसम्बन्धी सेवा प्रदान गरिने बताए ।
“अपाङ्गता भएका बालबालिकाको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले हामी सेवा विस्तार गर्ने क्रममा कर्णाली प्रदेशमा आइपुगेका छौँ”, उनले भने, “पुनःस्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवा उपलब्ध गराइनेछ ।”
काभे्रको बनेपामा ३८ वर्षदेखि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको समूहले कर्णालीका विभिन्न स्थानमा पुगेर अपाङ्ता भएका बालबालिकाको उपचार, पुनःस्थापनासम्बन्धी शिविर गर्दै आएको छ । केन्द्रका अनुसार कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या सात हजार आठ सय ४२ रहेको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ एक हजार छ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनःस्थापनाको जरुरी देखिएको छ ।
यसैबीच समूहले असोजको पहिलो सातादेखि सुर्खेतका तीन स्थानमा स्वास्थ्य तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । असोज २ गते चिंगाड गाउँपालिकामा रहेको प्राथमिक उपचार केन्द्र, असोज ३ गते भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य केन्द्र छिञ्चु र असोज ४ गते वीरेन्द्रनगर–१ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म