स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै

स्वीडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् । ९९ प्रतिशत मत गणना हुँदा वाम गठबन्धनले १७३ र दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याएको छ । उदारवादी दलका नेता युल्फ त्रिस्टर्सनले सरकार बनाउने अनुमान गरिएको छ ।
मत पुनः गणना गरेपछि मात्र अन्तिम परिणाम घोषणा गरिनेछ, जुन स्विडेनको राजनीतिक अभ्यास हो । यस बाबजुद एन्डरसन बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पराजय स्वीकार गरेकी छिन् । उनले आज बिहीबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेकी छिन् ।
‘संसदमा उनीहरूलाई एक-दुई सिट फाइदा हुन्छ’, उनले भनिन् ‘यो सामान्य बहुमत हो । यद्यपि, यो बहुमत हो । ’ अपराध, आप्रवासन, समायोजन विषय र विद्युत्को बढ्दो मूल्यवृद्धि जस्ता विषयले चुनावमा स्थान पाएका थिए । गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि उनी नर्डिक देशबाट पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित