महामारीपछि सी जिनपिङको पहिलो विदेश भ्रमण : उज्वेकिस्तानमा पुटिन र मोदीसँग भेट्दै
चिनियाँ राष्ट्रपति सी जिनपिङ महामारी सुरु भएपछिको पहिलो विदेश भ्रमणका क्रममा कजाखस्थान पुगेका छन् । बुधबार सीलाई कजाखस्थानका राष्ट्रपति काशीम–जोमार्ट टोकायेभ विमानस्थलमै स्वागत गरेका थिए । त्यहाँ उनलाई गार्ड अफ अनर पनि प्रदान गरिएको थियो ।
तोकायभको सरकारले सी र तोकायभबीच उर्जा र व्यापार विषयमा छलफल भएको जानकारी दिएको छ । कजाखस्थान एक महत्वपूर्ण तेल तथा ग्यास उत्पादक मुलुक हो, जसले चीनलाई प्रमुख गन्तव्यको रुपमा हेर्छ । बिहीबार नै सी कजाखस्थानको छिमेकी मुलुक उज्वेकिस्तान उड्ने कार्यक्रम छ । त्यहाँ उनी आठ मुलुकको सहभागिता रहने सांघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ) को सम्मेलन भाग लिनेछन् ।
सोही सम्मेलनको साइड लाइनमा सीको रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुनेछ । युक्रेन युद्ध सुरु भएपछि दुई नेताबीचको यो पहिलो भेट हुनेछ । पछिल्लो समय युक्रेन युद्धमा रुसले हार बेहोरिरहेको स्थितिमा दुई नेताको भेटलाई युक्रेनलाई खुला रुपमा सघाइरहेका पश्चिमले ध्यान दिइरहेको छ ।
त्यसबाहेक भारतीय समकक्षी मोदीसँग पनि मोदीको लद्दाखमा दुई देशको सेना भिडेपछि पहिलो पटक भेट्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन