ब्रिटिस महारानी एलिजावेथको अन्त्येष्टिमा भारतीय राष्ट्रपति सहभागी हुने
ब्रिटिस महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन भारतबाट राष्ट्रपति द्रौपदी मुर्मु जाने भएकी छन् । यसका लागि उनी सेप्टेम्बर १७ मा बेलायत जानेछिन् ।
भारतको विदेश मन्त्रालयका अनुसार मुर्मु सेप्टेम्बर १७ देखि १९ सेप्टेम्बरसम्म बेलायतमा रहनेछिन् । राष्ट्रपति बनेपछि मुर्मुको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघि नै भारतबाट राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर र प्रधानमन्त्री नरेन्द्र मोदीले महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गरेका छन् ।
भारतका विदेश मन्त्री डा. एस जयशंकरले सेप्टेम्बर १२ मा दिल्लीस्थित बेलायती उच्चायोगमा गएर महारानीको निधनप्रति शोक व्यक्त गरेका थिए । भारतले बेलायतकी महारानीको निधनमा सेप्टेम्बर ११ मा एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको थियो ।
लण्डनमा अन्त्येष्टि हुने
महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि लन्डनको वेस्टमिन्स्टर एबे चर्चमा हुनेछ । महारानीको शव सेप्टेम्बर १३ मा स्कटल्याण्डबाट लन्डन पुगेको थियो । त्यसपछि उनलाई बकिङ्घम प्यालेसस्थित शाही निवास लगिएको थियो । अब रानीको कफिन चार दिनसम्म वेस्टमिन्स्टर एबेमा राखिनेछ, त्यसपछि उनको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुनेछ ।
विश्वभरका नेताको उपस्थिती हुने
रानीको अन्त्येष्टिमा विश्वभरका करिब ५०० नेता सहभागी हुनेछन् । यसमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, राष्ट्रमण्डल देशका नेता, युरोपका शाही परिवारदेखि विश्वका अन्य नेताहरू सामेल हुनेछन् । ब्रिटिस मिडियाका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत बेलारुस र म्यानमारबाट भने कसैलाई पनि निमन्त्रणा गरिएको छैन । यी तीन मुलुकसँग ब्रिटेनको सम्बन्ध तिक्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न