किशोरी बलात्कार मुद्दाका फरार प्रतिवादी बानियाँटारबाट पक्राउ
बुधबार, २९ भदौ २०७९, २२ : ३६
१५ वर्षीया किशोरी बलात्कार मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बुधबार बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।