आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

बुधबार, २९ भदौ २०७९, १९ : २०
बुधबार, २९ भदौ २०७९

यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् ।

बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पु¥याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो ।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ ।बङ्गाबगर र लास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप