सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘सरकार र निजी क्षेत्रको सहकार्यमा देशभित्र उत्पादन बढाउनुपर्छ’

बुधबार, २९ भदौ २०७९, १८ : २८
बुधबार, २९ भदौ २०७९

पूर्व मुख्यसचिव विमल कोइरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् । बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोइरालाले यस्तो बताएका हुन् ।

उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भएपनि दुवै आफ्नो स्वार्थ र साना–साना कुरामा अल्झेर बसेको बताए । कोइरालाले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरिबी भन्ने विषय स्पष्ट हुनुपर्ने बताए । उनले मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनसके मात्रै समृद्धि वितरण गर्नसक्ने दाबी गरे । कोइरालाले पछिल्लो समय अर्थतन्त्रमा देखिको समस्याको दीर्घकालिन समाधान गर्न सरकारले आयातलाई प्रतिवन्ध भन्दापनि उत्पादन बढाएर निर्यात वृद्धिमा जोड दिनुपर्ने बताए । उनले नेपाली उत्पादनको खपत बढाउनको लागि नेपाली उद्योगहरुको प्रतिष्पर्धा क्षमता बढाउन आवश्यक रहेको बताए । उनले उद्योगहरुको प्रतिस्पर्धी क्षमता बढाउनको लागि सरकारले उद्योगको संरक्षण र अन्य सुविधा दिनुपर्ने बताए ।  

उनले अहिले सरकार र निजी क्षेत्रको दुवैको उत्पादनमा प्रतिष्पर्धी क्षमता बढाउनेतिर ध्यान नगएको बताए । कोइरालाले सरकार तुलनात्मक लाभ विद्युत,पर्यटन र कृषि भनेर बसेपनि तुलनात्मक लाभले केही नहुने बताए । उनले उत्पादन र उत्पादकत्व बढाएर नेपालमा नै उपभोग हुने वातावरण सरकारले बनाउनुपर्ने बताए । कोइरालाले अहिले सरकारको  नियन्त्रणमुखी नीति बढी र खुला नीति कम भएको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप