हिमाल आरोहणबाट ५ करोड ३२ लाख राजस्व संकलन
बुधबार, २९ भदौ २०७९, १७ : ५७

सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क (रोयल्टी) बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार ५९२ रुपैयाँ संकलन भएको हो ।
समीक्षा अवधिमा विभिन्न ८ वटा हिमाल गरी ४८ समूहमा कुल ४५४ जनाले हिमाल आरोहणको अनुमति लिएको विभागको भनाइ छ । जसमध्ये ३४४ पुरुष र ११० महिला रहेका थिए ।
आरोहीहरूले माउन्ट धौलागिरी, गन्चेबो, माउन्ट हिमलुङ, कुम्भकर्ण, मनास्लु, नुप्से, सगरमाथा र माउन्ट सर्बुङ्गका लागि अनुमति लिएका थिए । विभिन्न ६० मुलुकहरूबाट आरोहीहरू नेपाल आएको विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?