मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट
इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो ।
यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१०० रुपैयाँ अथवा त्रैमासिक ११०० रुपैयाँ तिरेर नवीकरण गर्न सक्नेछन् ।
वार्षिक नवीकरण गर्दा ५० एमबीपीएसका लागि कर बाहेक मासिक ३३३ रुपैयाँ मात्र पर्न आउँछ । तर ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न वार्षिक ५ हजार ५ सय रुपैयाँ (करबाहेक_ लाग्नेछ । जसमा राउटर, तार र जडान शूल्क समेत जोडिएको छ । यही इन्टरनेट प्याकेज पहिलो पटक लिँदा छ महिनाका लागि ३६०० रुपैयाँ र तीन महिनाको ३१०० रुपैयाँ पर्नेछ ।
त्यस्तै वाईफाई नेपालले ८० एमबीपीएसको नयाँ प्याकेज समेत ल्याएको छ । जसअन्तर्गत ७ हजार ५ रुपैयाँ ९कर बाहेक० मा एक वर्षका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेशराज सिंह श्रेष्ठले बताए ।
साथै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । ५० एमबीपीएसको प्याकेज नवीकरणका लागि प्रयोगकर्ताले वार्षिक चार हजार रुपैयाँ (कर बाहेक) तिर्नुपर्नेछ । त्यसैगरी ८० एमबीपीएस प्याकेज नवीकरण गर्न वार्षिक ६ हजार रुपैयाँ (कर बाहेक) तिरे पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली अस्पताल विस्तारको बाटो खुल्यो
-
माओवादी केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवमा पुन र प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य
-
कुलमानलाई हटाएर प्राधिकरण फर्कने हितेन्द्र शाक्यको ‘च्याप्टर क्लोज’
-
नो केबलकार आन्दोलन : वार्तामार्फत समाधान खोज्न जसपा नेपालको आग्रह
-
जसपा नेपालको कार्यकारिणी बैठक : अध्यादेशबारे संसदीय दलको बैठकले निर्णय लिने
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल जारी