सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

‘उत्पादन र उपभोग अभिवृद्धि’ अभियानले एक वर्षमा परिणाम दिन सक्दैन- उद्योगमन्त्री बडू

बुधबार, २९ भदौ २०७९, १७ : ४७
बुधबार, २९ भदौ २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दशकव्यापी अभियानका रूपमा सुरू गरेको उत्पादन र उपभोग अभिवृद्धि अभियानले लिएको लक्ष्य १ वर्षमा हासिल नहुने बताएका छन् । उनले आज मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सम्बोधन गर्दै अभियानले लिएको लक्ष्य १ वा २ वर्षमा पुरा नहुने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री उत्पादन र उपभोग अभिवृद्धि’ दशकले देशको औद्योगिक वातावरणलाई अघि बढाउन सहयोग गर्छ । यो वर्ष हामी के सक्छौ त्यो काम गर्ने हो ।’ सरकारले आफ्नो लक्ष्यअनुसार काम गर्न सकेमा आगामी १० वर्ष भित्रमा देशमा औद्योगिक उत्पादनको स्तर माथिल्लो स्तरमा पुग्ने उनको भनाइ छ ।

दशकव्यापी अभियान भएकाले नै यस अभियानमा प्रधानमन्त्रीको नाम जोडेको मन्त्री बडूले जानकारी दिए । उनले प्रधानमन्त्रीको नाम जोडेपछि निर्वाचनपछि आउने नयाँ सरकारले पनि यो अभियानलाई निरन्तरता दिने उनको भनाइ छ । यस्तै, हाल बन्द रहेको रुग्न उद्योग सञ्चालनको विषयमा समेत केही दिनमै नयाँ निर्णय हुने उनले बताए ।


यसका लागि मन्त्रालयले दशकव्यापी अभियान अघि बढाउनका लागि आवश्यक पर्ने कार्यविधि र कार्ययोजना ठिक ढंगले अघि बढाउने मन्त्री बडूले बताए । यस्तै, उनले रुग्न उद्योग सञ्चालनको विषयमा समेत मन्त्रिपरिषद्ले छिट्टै निर्णय गर्ने बताए । ‘मन्त्रिपरिषद्को बैठकले निर्णय गर्यो भने रुग्न उद्योग सञ्चालनको विषयलाई एउटा किनारा लाउन सकिन्छ,’ मन्त्री बडूले भने– ‘यसका लागि धेरै कामहरू अघि बढिसकेको स्थिति छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप