पञ्चकन्या ग्रुपद्वारा दन्त शिविर सम्पन्न
बुधबार, २९ भदौ २०७९, १७ : ३५
पञ्चकन्या ग्रुपको आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा भाद्र २३ र २४ गते दन्त शिविर सम्पन्न गरेको छ । ग्रुपको केन्द्रीय कार्यालयमा “सहयात्री नेपाल”को सहयोगमा दन्त शिविरको आयोजना गरिएको हो । उक्त शिविरमा “सहयात्री नेपाल”बाट डाक्टर र प्राविधिक गरी जम्मा ११ जना जनशक्तिबाट ग्रुपमा कार्यरत १५६ जना कर्मचारीहरुको दाँतको चेकजाँच, दन्त सर–सफाई, औषधी वितरण, आवश्यक परामर्श उपलब्ध भएको कम्पनीले जनाएको छ ।
सोही संस्थाले पञ्चकन्या ग्रुपको कारखाना कार्यालय, भैरहवामा समेत भाद्र १२ देखि १६ गतेसम्म दन्त शिविर आयोजना गरेको थियो । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा यस्ता प्रकारका सामाजिक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति