असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै
‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनीय खोजमूलक विषयहरूको प्रचारप्रसार गरी आमनागरिकलाई सुसूचित गराउन र प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विज्ञान दिवस मनाउन थालेको जनाएको छ ।
मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले विज्ञान तथा प्रविधि क्षेत्रको प्रचारप्रसारसहित अनुसन्धानकर्तालाई प्रोत्साहित गर्न, युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण तयार गरी अभिप्रेरित गर्न र आमनागरिकलाई आफ्नो दैनिक जीवन पद्धतिमा विज्ञान प्रविधिको सहजता ल्याउन विज्ञान दिवस फलदायी हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रिय विज्ञान दिवसका अवसरमा मुलुकको स्वास्थ्य, वन तथा वातावरण, ऊर्जा तथा जलस्रोत, उद्योग, विश्वविद्यालय, भौतिक पूर्वाधार, उदीयमान प्रविधि, जैविक प्रविधि÷सूक्ष्म जीव विज्ञान, कृषि, सूचना प्रविधि, निजी क्षेत्रसमेत गरी १२ विधामा उत्कृष्ट काम गर्ने अनुसन्धानदाता, वैज्ञानिक, विद्यार्थी, शिक्षक, पत्रकार र नागरिक समेतलाई सम्मानित गरिन्छ ।
आगामी असोज १ गते कीर्तिपुरस्थित विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयमा वनस्पति विभाग, प्राकृतिक विज्ञान सङ्ग्रहालय, सेन्ट जेभियर्स कलेज, माइक्रोबायोलोजी केन्द्रीय विभाग, भूगर्भ शास्त्र केन्द्रीय विभाग, राष्ट्रिय आविष्कार केन्द्र, जडीबुटी प्रशोधन केन्द्र, नेपाल रोबोटिक्स सङ्घलगायतका विज्ञान प्रविधिसँग सम्बन्धित शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील संस्थाको प्रदर्शनी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली