राप्रपा नेपालका शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने
बुधबार, २९ भदौ २०७९, १७ : ११
राप्रपा नेपालका शीर्ष नेताहरुले आगामी संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले प्रत्यक्षमा सकेसम्म पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
बैठकले पार्टीका उपाध्यक्ष डा बिष्णु भण्डारीद्वारा प्रस्तुत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जन सहित पारित गरेको छ । यस्तै निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प्रदेश तथा जिल्लाहरूबाट प्राप्त उम्मेदवारहरूको नामावली पेश भएको अधिकारीले बताए । उपरोक्त नामावलीलाई अध्ययन गरी संसदीय बोर्डले भाद्र मसान्तभित्र अन्तिम रुप दिने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने