बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका श्रीपालले मागिन् सुरक्षा

बुधबार, २९ भदौ २०७९, १७ : ०९
बुधबार, २९ भदौ २०७९

लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफुलाई जापानमा बोलाएर धन थापाले यातना दिएको बताएकी छन् । थापाले सांगीतिक कार्यक्रमका लागि आफुलाई जापान बोलाएको र त्यही बिभिन्न यातना दिएको उनको आरोप छ ।

गायिका थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा एक निवेदन लेख्दै आफुलाई थापाले यातना दिएको बताएकी हुन् । प्रतिष्ठान अध्यक्ष सूर्य खड्कालाई सम्बोधन गरेर लेखिएको निवेदनमा थापाले आफुलाई मानसिक पीडा, चरित्र हत्या र भौतिक आक्रमण समेत गरेको उनले निवेदनमा बताएकी छन् ।

थापाका कारण आफु ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको समेत उनले निवेदनमा उल्लेख गरेकी छन् ।

उनको निवेदन यस्तो छ :

मिति:-१२ सेप्टेम्बर, २०२२
श्रीमान् सूर्य खड्का ज्यू,

अध्यक्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखा।


विषय- न्याय तथा सुरक्षा सम्बन्धमा

महोदय, उपरोक्त सम्बन्धमा म लोक तथा दोहोरी गायिका अमृता श्रीपाल १३ अगस्त २०२२ मा नेपाल देखि जापानको ओसाका कोबे सहरमा रहेको धौलागिरि दोहोरी साँझमा साङ्गीतिक प्रस्तुति दिन धन थापा (बाग्लुङ) को स्पोन्सरमा जापान आएको जानकारीका लागि अनुरोध छ । यहाँ आए देखि नै थापाले विभिन्न किसिमका टर्चर दिने गरेका थिए ।

जापान प्रवेश पछि हरेक कार्यक्रममा जाँदा थापालाई उल्टो कमिसन दिनु पर्ने तर आउन जान यातायात लगायत केही व्यवस्था  नगर्ने जो सँग कार्यक्रममा गयो उसै सँग अनैतिक सम्बन्ध राखेको ट्याग लगाउँदै अति धेरै नै भौतिक यातना दिने गरेको जानकारी गराउँछु ।

मेरो अझै लगभग २ महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा थप केही समय जापानमा बस्ने र तय भएका साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सृजना गरिदिन हुन् प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु । निज थापाले मलाइ जापानमा र मेरो नेपाल (म्याग्दी) मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाइ मानसिक पिडा, सामाजिक इज्जत, साङ्गीतिक करियरमा असर पर्न साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु ।

उसको स्वार्थ पुरा नहुँदा हिजो ११ सेप्टेम्बरमा पनि भौतिक रूपमा थापाले ममाथि आक्रमण गरे पछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकामा एक घरमा शरण लिई लुकीछिपी बसिरहेकी छु । मलाइ मानसिक, भौतिक तथा शारीरिक रूपमा धेरै पिडा परेको जानकारी गराउँदै मलाइ उचित न्याय र सुरक्षाको प्रत्याभूति दिलाइदिन हुन् सविनय अनुरोध गर्दछु ।


                           अमृता श्रीपाल

                        लोक तथा दोहोरी गायिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप