आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सि ताजिकिस्तान र उज्बेकिस्तान जाने

बुधबार, २९ भदौ २०७९, १७ : ०५
बुधबार, २९ भदौ २०७९

चीनका राष्ट्रपति सि चिनफिङ बुधबार ताजिकिस्तान र उज्वेकिस्तान भ्रमणमा जाने भएका छन् । उज्वेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । 

बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।  

उनले दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अधिकारीहरुले जानकारी दिएका छन् । यस बर्ष चीन र ताजिकिस्तानको  कुटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उनले भ्रमणलाई महत्व दिएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमण गर्न लागेका हुन् । तीन दिन लामो भ्रमणको पहिलो दिन उनी बुधबार ताजिकिस्तान जाने भएका छन् । उनले उज्बेकिस्तानमा हुने सम्मेलनमा भने बिहीबार सहभागिता जनाउने भएका छन् । सम्मेलनमा उज्वेकिस्तान, ताजिकिस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तानका शिर्ष नेताहरुको सहभागिता रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप