सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य
सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग दसैँ धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यो योजना २०७९ भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई मासिक किस्ताबन्दी सुविधा लिँदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना २०७९ आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस्, एनपीएल लिग चरणको अन्तिम खेल
-
कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
-
पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको छ : सभामुख घिमिरे
-
अन्तिम जितसँगै सुदूरपश्चिम पहिलो, हारे पनि काठमाडौँलाई पछि पार्दै कर्णाली प्ले अफ चरणमा
-
सिंहको शवलाई कांग्रेस पार्टी कार्यालय लगियो
-
हङकङले नेपाललाई दियो ११४ रनको लक्ष्य