सेयर बजारमा आज हरियाली
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसूचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको हो ।
आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ । नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन् । यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। सबै समूहको सेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।
आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भयो । यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको सेयर भने १० प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसक्यो : स्वास्थ्य मन्त्रालय
-
चार्जिङ स्टेसनमा लगानी बढाउँदै निजी क्षेत्र, ६०० वटा स्टेसन बनाउन अनुमति माग
-
गरिखाउन् भनेर भरथेग दिएका पार्टीहरूले गरी खाएनन् : प्रधानमन्त्री ओली
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ