प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारका लागि छुट दिन प्रमुख निर्वाचन आयुक्त सकारात्मक

प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगको आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले विरोध गरेपछि उक्त व्यवस्था संशोधन गर्न निर्वाचन आयोग सकारात्मक बनेको छ । बुधबार निर्वाचन आयोग र १२ राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलमा त्यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सकारात्मक भएका हुन् ।
आयोगले प्रधानमन्त्री,मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु अर्को निर्वाचन क्षेत्रमा चुनाव प्रचार–प्रसार गर्न नपाउनेगरी आचारसंहिता प्रकाशन गरेको थियो । त्यसमा दलहरुले अधिकार हनन भएको भन्दै त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने बताउँदै आएका थिए । बुधबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूको चासोलाई सकारात्मक रुपमा लिँदै सल्लाह गरेर मिलाउने आश्वासन दिएका हुन् ।
‘उक्त प्रावधानबारे प्रमुख निर्वाचन आयुक्तले ठिक छ, म सल्लाह गरेर मिलाउँछु भन्नुभएको छ’, छलफलमा सहभागी कांग्रेस सचिव केशव रिजालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व बढाउन कार्यदल बनाएर अध्ययन गर्दै बागमती सरकार
-
ह्वाइट हाउसबाहिर हतियारधारी व्यक्तिमाथि गोली प्रहार
-
सोमबार कुन राशिका लागि शुभ ?
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
७४५ अलावी अल्पसंख्यकको ‘नरसंहार’पछि सिरियाली राष्ट्रपतिले गरे शान्तिको आह्वान
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ