बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

समानुपातिक उम्मेदवार छान्न कांग्रेसले बोलायो बैठक

बुधबार, २९ भदौ २०७९, १६ : ४१
बुधबार, २९ भदौ २०७९

आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए । 

पाण्डेका अनुसार कांग्रेस संसदीय समितिको बैठक बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने विषयमा छलफल हुने उनको भनाइ छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप