शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कजाखस्तानले नेताको नाममा रहेको राजधानीको नाम फेर्‍यो

बुधबार, २९ भदौ २०७९, १६ : ५१
बुधबार, २९ भदौ २०७९

कजाखस्तानका राष्ट्रपति कासीम–जोमार्ट टोकायभले देशको राजधानीको नाम पुनः अस्तान नै बनाउने सहमति जनाएका छन् । राष्ट्रपतिका प्रवक्ता रुस्लान झेलिबान सांसदहरुको एक समूहको अभियानपछि राष्ट्रपतिले राजधानीको नाम बदलेर पुनः पहिले कै राख्न सहमति जनाएको बताए । 

तीन वर्षअघि तोकायभ आफैले उनका पूर्ववर्ती राष्ट्रपति तथा उनका राजनीतिक गुरु नुरसुल्तान नजरबायभको सम्मानमा राजधानीको नाम बदलेर नुर–सुल्तान राखेका थिए । त्यसअघि सो सहरको नाम अस्ताना थियो ।

सन् २०१९ मा राष्ट्रपति बनेपछि तोकायभले गरेका सुरुवाती निर्णयमै देशको राजधानीको नाम बदल्ने विषय थियो । ​ नजरबायम सन् १९९१ मा कजाखस्तान सोभियत संघबाट स्वतन्त्र भएपछि लगातार करिब तीन दशकसम्म सत्तामा रहेका थिए । 

नजरबायमले आफू राष्ट्रपति हुदाँ सन् १९९७ मा देशको राजधानी अलमाटी सहरबाट अस्ताना सारेका थिए । उनको सो निर्णयमा त्यसबेला धेरैले प्रश्न उठाएका थिए । विशेषत अस्ताना तुलनात्मक अनकन्टार स्थानमा रहेको र जाडोमा तापक्रम घटेर माईस ५१ डिग्री सेल्सियससम्म पुग्ने भएकाले उक्त निर्णय सही नभएको आलोचनाकको भनाई थियो ।  

नजरबायमले पछि अस्तानाभर कयौं तडकभडक तथा ठूलठूला भवन तथा संरचनाहरु बनाए । सत्ता आफ्ना राजनीतिक चेला तोकायभलाई हस्तान्तरण गरेपछि पनि सत्तारुढ दल र सुरक्षा परिषदको प्रमुख रहिरहे । ती पदमार्फत उनले सत्तामा ठूलो प्रभाव कायम राखेकाथिए । 

तर यो वर्ष जनवरीमा देशमा हिसात्मक विरोध फैलिएपछि राष्ट्रपतिको शक्ति प्रयोग गरेर तोकायभले नुरसुल्तानलाई ती दुवै पदबाट बर्खास्त गरिदिए । ​तोकायभले नुरसुल्तानको अनावश्यक हस्ताक्षेपका कारण द्वेध सत्ता सिर्जना भएको र आफ्नो काममा अवरोध पुगेको भन्दै उक्त कदम उठाएका थिए । 

जनवरीको हिंसा शुरुमा इन्धनको मुल्य वृद्धि विरुद्धको शान्तिपूर्ण विरोधको रुपमा सुरु भएको थियो । तर पछि प्रदर्शनमा प्रशासनले बल प्रयोग गर्दा झण्डै २३० भन्दा बढिको मृत्यु भयो । प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि कजाख सरकारले छिमेकी मुलुक रुससमेत सलग्नता रहेको सुरक्षा गठबन्धन कलेक्जिट सेक्युरिटी ट्रिटी अर्गनाईजेसन (सीएसटीओ)सँग सहयोग मागेको थियो । ​सीएसटीओको फौजले कजाखस्थान गएर त्यहाँको प्रदर्शन दबाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप