आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले सार्वजनिक गरे नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक अवधारणा पत्र

बुधबार, २९ भदौ २०७९, १५ : ०४
बुधबार, २९ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक घोषणा गरेका छन् । स्वदेशी उत्पादन बढाउन र उत्पादित वस्तुको बजार सुनिश्चित गर्न सरकारले यस्तो अवधारणा ल्याएको हो । प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको अवधारणामा अबको १० वर्षपछि कुल गार्हस्थ उत्पादनमा उत्पादनमुलक उद्योगको योगदान १५ प्रतिशत पुर्याउने भनिएको  । अहिले उत्पादनमुलक उद्योगको योगदान ५.९ प्रतिशत छ ।

अवधारणामा उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने भनिएको छ । यो अवधारणाको लक्ष्य स्वदेशी वस्तुको उत्पादन वृद्धि गर्न औद्योगिक लगानी र गुणस्तरीय पूर्वाधार विकास गर्नु,  स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय वस्तुको उत्पादकत्व अभिबृद्धि गरी बजार पहुँच कायम गर्नु र उद्यमशिलताको विकास मार्फत रोजगार र स्वरोजगारका अवसरहरू गर्ने रहेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप