निर्वाचन घोषणा गरेलगत्तै तटस्थको सरकार बनाऔँ : सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन घोषणा लगत्तै तटस्थ व्यक्तिहरूको नेतृत्वमा सरकार गठन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । संसद्को कार्यकालको विषयमा भइरहेको विवादको समाधान सुझाउँदै चुनावमा भाग नलिने तटस्थ व्यक्तिको सरकार गठन गर्दै संसद्को कार्यकाल गर्ने अन्त्य गरे कुनै द्विविधा नहुने बताएका हुन् ।
सुवालले डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्री प्रभावकारी नदिएको भन्दै डेंगुको अवस्थाबारे जवाफ दिनुपर्ने माग गरे । ‘कोरोनापछि डेंगु रोगले जनता पीडित छन् । अस्पतालहरूमा शय्याको अभाव छ,’ उनले भने, ‘स्वास्थ्मन्त्रीज्यूले के छ देशको स्थिति जानकारी दिनुपर्‍यो । यो महामारीको रूपमा फैलिँदैछ । स्वास्थ्य मन्त्रालय नभएको जस्तो, स्वास्थ्य मन्त्री प्रभावकारी नभएको जस्तो देखियो ।’
उनले ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक अर्थ मन्त्रालयमा रोकिएको विषयमा रुलिङ गर्न माग समेत गरे । पछिल्लो १५–२० देखि अर्थ मन्त्रालयमा विधेयक पुगेर रोकिएको भन्दै यसबारे स्पष्टीकरण दिन माग गरे । नागरिकता विधेयकबारे जनतामा ठुलो विरोध रहेको र प्रधानमन्त्री र मन्त्री नयाँ लेन्डुप बन्न लागे भनेर जनतामा ठुलो त्रास रहेको पनि जिकिर गरे । उनले स्थानीय तहमा धेरै ठेकेदारहरू निर्वाचित भएको बारे पनि प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या