बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नयाँ स्टक एक्सचेन्जको बहसको प्रभाव : नेप्सेमा हाफ सेन्चुरी क्रस

बुधबार, २९ भदौ २०७९, १४ : ३५
बुधबार, २९ भदौ २०७९

सेयर बजार परिसूचक नेप्सेले लामो समयपछि बुधबार हाफ सेन्चुरी अर्थात् ५० अंक कटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहान बजार खुले देखिनै उकालो लाग्न थालेको बजारमा २ः३० बजेसम्म ५० अंक कटेको हो । 

५०.०७ अंकले बढेर नेप्से सूचक १९८४.११ विन्दुमा उक्लिएको छ । समग्रमा २.५९ प्रतिशतले बढेको बजारमा आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक सकारात्मक भएका छन् । ठूला क वर्गका सेन्सेटिभ इन्डेक्स समेत आज ९.८१ अंकले बढ्दै ३८५.९८ अंकमा उक्लिएको छ । लामो समयको अन्तरालमा एकै दिन ५० अंकमाथिको वृद्धिलाई भने बजारमा सुरु भएको नयाँ स्टक एक्सचेन्जको बहस र बैंकिङ ब्याजदर रहेको लगानीकर्ताहरूको विश्लेषण छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप