‘गोर्खा वारियर’ डविङ गर्दै जेम्स बन्ड फिल्मका डविङ आर्टिस्ट
सन् २०२३ मा रिलिज हुने बताइएको फिल्म ‘गोर्खा वारियर’ को यतिबेला लन्डनमा डबिङ भइरहेको छ । हलिउडका लोकप्रिय डविङ कलाकार क्रिस्टोफर केन्टले यो फिल्मको टिजर र ट्रेलरमा डबिङ गरिरहेका छन् ।
जेम्स बोन्डको फिल्म नो टाईम टु डाई, फ्रोजन २, आर्टिमिस फलसहित हलिउडका चर्चित फिल्म तथा सयौं टिभिसी, डक्युमेन्ट्रीमा आवाज दिइसकेका यी डबिङ आर्टिस्टले बेलायतको लन्डन स्टुडियोमा फिल्म गोर्खा वारियरको स्वराँकन गरेका हुन् ।
यसअघि ‘गोर्खा वारियर २’ नाम राखिए पनि अब यो फिल्मको नाम ‘गोर्खा वारियर’ हुने भएको छ । यसको दोश्रो संस्करण अर्थात गोर्खा वारियर २ निर्माण अर्को वर्ष हुनेछ । दर्जन सफल फिल्म दर्शकमाझ ल्याइसकेका निर्देशक मिलन चाम्ले चलचित्र ‘गोर्खा वारियर’ को निर्माण निर्देशन गरेका हुन् ।
नेपाल, भारत, मलेशिया लगायतका देशमा छायाँकन भएको यो फिल्मलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गर्ने निर्देशक मिलन चाम्सले जानकारी गराए । गोर्खा सैनिकले विश्व युद्धमा गरेको संघर्ष र सफलताको कथामा यो फिल्ममा निर्माण भइरहेको छ । फिल्मको मुख्य भूमिकामा रितेश चाम्स छन् । निकै लामो तयारी पश्चात रितेशले यो फिल्मबाट नेपाली फिल्म उद्योगमा नायकको रुपमा डेब्यु गर्दैछन् ।
रितेशसँगै फिलममा विजय लामा, रेविका गुरुङ, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राई, लगायतका कलाकारको मुख्य भूमिका छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मका निर्मातामा सुस्मिता वाइवा, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह निर्माताको रुपमा सुरेश राई छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ