दसैँका लागि नयाँ नोट साट्न सुरु (तस्बिरहरु)
दशैंतिहार तथा छठलाई लक्षित गरेर आजदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो ।
आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए ।
यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको व्यवस्था गरेको छ । यतिले नपुगेको थप रकमको व्यवस्थापन समेत गरिने नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीले बैंकभन्दा ठुलो कारोबार गर्दा समस्या आयो: मन्त्री अधिकारी
-
‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा
-
डिशहोमले विभिन्न १५ वटा सहरमा रोड-शो गर्दै
-
उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : उद्योगीमन्त्री
-
विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत
-
जसपा विभाजनपछि समाजवादी मोर्चाको भविष्य अन्योलमा, के गर्दैछन् विप्लव ?