मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रसुगागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट

बुधबार, २९ भदौ २०७९, १२ : १९
बुधबार, २९ भदौ २०७९

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले २३ असारदेखि ३१ साउनसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर रीतपूर्वक आवेदन दिएका आवेदकहरुलाई मंगलबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका बासिन्दाले आवेदन दिन दिएका थिए । यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्ब्र ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित जिल्लाका बाँकी सबै बासिन्दाहरुले पनि आवेदन दिएका थिए ।

सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरू एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपिओ नतिजा हेर्न बनाएको https://iporesult.cdsc.com.np/    बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप