नेपाली फिल्ममा डेब्यु गर्दै बलिउड अभिनेत्री सुफिया सिद्दीकी

बलिउड अभिनेत्री तथा मोडल सुफिया सिद्दीकीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले फिल्म ‘सायरा’ मार्फत नेपाली फिल्म डेब्यु गर्न लागेकी हुन् । ‘सायरा’ मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको फिल्म हो । कार्यक्रममा फिल्ममा मुख्य अभिनेत्रीको सुफिया सिद्दीकी फाइनल भएको जानकारी दिइयो ।
सिद्दीकी अहिले बलिउडमा छिन् । फिल्म घोषणा कार्यक्रममा उनी उपस्थित नभएपनि उनको भिडियो सन्देश देखाइएको थियो । सन्देशमा उनले कार्यक्रममा आफु उपस्थित हुन नपाउदा दुःख ब्यक्त गर्दै नेपाली फिल्म अभिनय गर्न उत्साहित रहेको बताएकी थिइन् ।
‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी थिइन् ।
सिद्दीकी इरानकी मुलकी बासिन्दा हुन् । भारतमै हुर्केकी उनी मुम्बई बस्छिन् । भारतबाट एक अन्तर्राष्ट्रिय मोडेलको रुपमा समेत चिनिएकी उनले अन्तर्राष्ट्रिय फेसन सप्ताह लास भेगासको ब्रान्ड एम्बेसडर हालै जितेकी थिइन् । थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता समेत जितेकी उनको नेपाली फिल्म अभिनयबाट पनि दर्शकको मन जित्ने विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान
-
प्रधानमन्त्री कप क्रिकेटः बागमतीले कोशीलाई हरायो
-
सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष
-
कृषिमा प्रयोग हुने यन्त्र र उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैनः कृषि मन्त्री
-
कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम: पूर्वराष्ट्रपति भण्डारी
-
क्रमशः