'मानव तस्करले विभिन्न प्रलोभनमा पारेर नेपालीलाई रुसमा अलपत्र पारे'
मानव तस्करले विभिन्न प्रलोभन देखाई नेपाली नागरिकलाई रुस लगि अलपत्र पार्ने क्रम बढेपछि त्यहाँस्थित नेपाली दूतावासले ‘बुझेर मात्र’ रुस आउन अनुरोध गरेको छ ।
‘भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझि विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरु अनेकन समस्यामा पर्ने गर्नुभएको छ,’ मस्कोस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गरी भनेको छ, ‘अतः विद्यार्थी भिसामा रुस आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अपिल गर्दछौँ ।’
रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो केहि महिना देखि बढिरहेको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको दूतावासले जनाएको छ ।
नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत विद्यार्थी भिसामा रुस आउने नेपालीहरूको सख्ंया बढेको दूतावासले बताएको छ । उनीहरुलाई ‘रुसमा आकर्षक रोजगारीको अवसर रहेको’, ‘रुसबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायतका विभिन्न प्रलोभनमा पारेर तस्करहरुले मोटो रकम असुल्ने गरेको समेत दूतावासले जनाएको छ ।
‘तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेकोले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै दूतावासमा सम्पर्क गर्ने गरेका छन्,’ मस्कोस्थित नेपाली दूतावासले भनेको छ ।
तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्क बिहिन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारले समेत अनुरोध गरेको दूतावासले बताएको छ । रुसमा आएका नेपालीलाई कुनै समस्या परे दूतावासका द्वितीय सचिव सुशील घिमिरेलाई मोबाइल नम्बर ७९६८०७०२८१५ मा र सहचारी राज कुमार बस्नेतको मोबाइल नम्बर ७९६८४६०२२२५ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन