सप्तरीमा एक पुरुषको शव फेला
बुधबार, २९ भदौ २०७९, ११ : ४९
![सप्तरीमा एक पुरुषको शव फेला](https://rpcdn.ratopati.com/media/albums/death_body_wQSNg6LSKv.jpg)
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक एक जना पुरुषको शव फेला परेको छ । रम्पुरा मल्हनिया जाने बाटोमा अन्दाजी २० मिटर दक्षिण तर्फ कुनौली जाने दशगजामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला परेका अन्दाजी ४०-४५ वर्षका पुरुषको नाम र ठेगाना खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शव फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा पुगी शवको जाँच मुचुल्का समेत कार्य सम्पन्न गरेको छ । पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै