'अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भूमिका देखिनु नेपालका लागि नयाँ आयाम'
चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भूमिका देखिनु नेपालका लागि नयाँ आयाम भएको बताएका छन्। विश्वका विकसित देशहरुले नेपालको संसदसँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसदले नयाँ उचाई छोएको उनले बताए ।
सापकोटाले अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसदसँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको बताए । ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको उनको भनाइ थियो ।
उनले नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भूमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताए । दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दा अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने कुरा उल्लेख गरिएको पनि बताए । जानकार सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भूमिका देखिनु सुखद् पक्ष रहेको उनले बताए ।
नेपालमा भूराजनीतिक महत्व बढेका कारण पछिल्लो समय विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेको उनले बताए । अहिलेको नेपालको भूराजनीतिक महत्व बढेका कारण नै चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण भएको हुनसक्ने आशंका उनले व्यक्त गरे । जानकार सापकोटाले भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्ष, रणनीति, कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको उल्लेख गरे। उनले पछिल्लो समय नेपालको सार्वभौम संसदको भूमिका बढेर गएको बताए।
जानकार सापकोटाले नेपालको संसदमा पनि असल संसदीय अभ्यासहरू रहेको र चीनले नेपालबाट यी असल अभ्यासहरू सिक्न लायक रहेको बताए। उनले यो भ्रमणले नेपाल र चीनका राम्रा संसदीय अभ्यास साटासाट हुने र संसदीय विषयहरुलाई बढावा दिने बताए ।
सापकोटाले शक्ति राष्ट्रहरुसँग नेपालको सहकार्य बढ्नु र को कारण अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्वन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त प्रमुख कारक रहेको बताए । उनले अमेरिका, चीन र भारतबीचको त्रिपक्षीय शक्ति संघर्ष चलिरहेका बेला नेपाल अमुक मुलुकको रणनीतिमा सामेल भयो भने आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने डरका कारण पनि चासो बढेको बताए । यस्ता भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र नेपालले यस किसिमका भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरूको पहल गर्ने कुरामा फाइदा उठाउन सक्नुपर्ने बताए।
नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक रहेको बताउँदै सहकार्य गर्न सशंकित हुने र गरेका सहकार्यको कार्यान्वयन गर्न ढिलाइ गर्नु नहुने उनले बताए । उनले शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाले अहिलेको नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्ने कुरामा चनाखो हुन आवश्यक रहेको र आर्थिक विकास र समृद्धि अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दाहरूमा सहकार्य गर्न अघि सर्नुपर्ने बताए।
मामिला जानकार सापकोटाले अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु नहुने बताए । उनले आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर र तोकिएका राज्य संयन्त्रहरुबाट मात्रै आर्थिक सहकार्य गर्न आवश्यक रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी