‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक
गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजेको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथा समेत ट्रेलरमा देख्न सकिन्छ ।
सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हन् । मणि नेपाली पनेरू निर्माता रहेको फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य छ । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको लगायतको समेत अभिनय छ । ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको निर्माता पनेरुले लेखेका छन् ।
क्यानडाको लागि नेपाली साँस्कृतिक दूत समेत रहेका पूर्ण नेपालीको एकल संगीत रहेका फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक–गायिकाहरुको स्वर छ ।
फिल्मको ट्रेलर सार्वजनिक गरिए पनि प्रदर्शन मिति घोषणा गरिएको छैन । नेपालमा सार्वजनिक प्रदर्शन अगाडि फिल्मलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजना रहेको निर्देशक पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’