बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

बुधबार, २९ भदौ २०७९, ११ : ३८
बुधबार, २९ भदौ २०७९

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजेको छ । एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथा समेत ट्रेलरमा देख्न सकिन्छ ।

सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हन् । मणि नेपाली पनेरू निर्माता रहेको फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य छ ।  फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको लगायतको समेत अभिनय छ । ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको निर्माता पनेरुले लेखेका छन् ।

क्यानडाको लागि नेपाली साँस्कृतिक दूत समेत रहेका पूर्ण नेपालीको एकल संगीत रहेका फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक–गायिकाहरुको स्वर छ ।
फिल्मको ट्रेलर सार्वजनिक गरिए पनि प्रदर्शन मिति घोषणा गरिएको छैन । नेपालमा सार्वजनिक प्रदर्शन अगाडि फिल्मलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजना रहेको निर्देशक पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप