लघु बीमा : देखिएन आकर्षण
![लघु बीमा : देखिएन आकर्षण](https://rpcdn.ratopati.com/media/albums/beema-bima-samiti_qwTwiiq4UQ.jpg)
बीमा समितिले हालै मात्र ल्याएको लघु बीमाको नयाँ अवधारणामा व्यवसायीको खासै आकर्षण देखिएन । पहिलो चरणमा सातवटै प्रदेशका लागि एक÷एक वटा लघु बीमा रहने गरी बीमा समितिले लाइसेन्सका लागि आवेदन खुल्ला गरेपनि उक्त दरखास्तमा एउटै आवेदन नपरेको हो ।
लघु बीमाको लाइसेन्स वितरणका लागि समितिले भदौ १० गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । तर, सूचना प्रकाशित भएको १८ दिन वितिसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको बीमा समितिका प्रवन्ध निर्देशक राजुरमण पौडेलले रातोपाटीलाई जानकारी दिए ।
लघु बीमा कम्पनीको नीति बन्नु अघि १५÷१६ वटा कम्पनी इजाजतको लागि समितिमा दर्ता भैसकेका थिए । तर समितिले लघु बीमा सम्बन्धी नीति बनाएपछि मात्र नयाँ दरखास्त आह्वान गरेको थियो । नयाँ आव्हानसँगै पुराना आवेदनहरू स्वतः रद्द भएका थिए ।
लघु बीमाको लागि समितिले ७५ करोड चुक्ता पुँजी तोकेको छ भने तोकिएको क्षेत्रमा नै (उपत्यका बाहिर) कार्यक्षेत्रसहितको कार्यालय हुनुपर्ने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या