चान्सुको नेपाल भ्रमण : आज यी सडकमा सवारी आवागमन प्रभावित हुने
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ । राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।
त्यसअघि लीले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उनी भक्तपुर जाने समय बिहान ९ बजे रवि भवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ । उहाँ फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ ।
यस्तै, भक्तपुरको भ्रमण सकेर उनले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । यो समयमा रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानीपाेखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।
लीको सवारीका कारण हिजो र अस्ति पनि काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो