बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महाभियोग सिफारिस समिति बैठक बस्दै, जबरालाई पूरक प्रश्न सोध्ने बारे निर्णय लिइने

बुधबार, २९ भदौ २०७९, ०७ : ००
बुधबार, २९ भदौ २०७९

महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ । 

जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् । विहान ९ बजे बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ । 

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।

पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका छन् । उनले आक्षेप लगाएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने विषयमा पनि समितिको आजको बैठकले निर्णय लिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप