आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले बोलायो १२ राजनीतिक पार्टीलाई छलफलमा

मङ्गलबार, २८ भदौ २०७९, २२ : ४६
मङ्गलबार, २८ भदौ २०७९

निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको छ । आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको हो ।

 बुधबार १२ बजे आयोगको कार्यालयमा छलफलका लागि सवै दललाई नभएर १२ वटा राजनीतिक दललाई मात्र बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने आचारसंहिता राजपत्रमा प्रकाशन गरेपछि सत्तारुढ र प्रमुख प्रतिपक्ष दुवैले असन्तुष्टि जनाएका छन् ।

प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन नपाउने व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप