एनआरएनए युकेका अध्यक्ष बर्खास्त
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रको निर्णयका आधारमा संघको हितविपरितका गतिविधि गरेको आरोपमा उनी बर्खास्तीमा परेका हुन् ।
संघका महासचिव गौरीराज जोशी र महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ । सोही अनुसार यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णय उनलाई अध्यक्षको रुपमा अविश्वास गरी कारवाही गरेको थियो । सो सम्बन्धमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संसोधन सहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नु पर्ने प्रयाप्त आधार र कारणहरु देखिएको जोशीले जानकारी दिए ।
‘तपाईका कृयाकलापहरु पुर्णरुपमा संघको विधान उदेश्य प्रतिकुल रहेकोले आजैका मितिदेखि लागु हुनेगरी, गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजातहरु, कार्यालयका सामाग्रीहरु कार्य समितिलाई २ हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’