रुसमा नेपाली विद्यार्थी समस्यामा पर्न थालेपछि दूतावासले भन्यो–प्रलोभनमा नपर्नुहोला
रुसस्थित नेपाली दूतावासले रूपमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूलाई विभिन्न प्रलोभनमा नपर्न आग्रह गरेको छ । रसियामा आकर्षक रोजगारीको अवसर रहेको, रसियाबाट सजिलै यूरोप वान सकिने लगायतका विभिन्न प्रलोभनमा पार्ने क्रम बढेको भन्दै त्यसको पछि नलाग्न दूतावासले आग्रह गरेको हो ।
रूसी महासंघ आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन (प्रलोभन)मा नपर्न दूतावासले सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ । नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत स्टुडेण्ट भिसामा रसिया जाने विद्यार्थीबाट मोटो रकम लिइरहेको भन्दै बुझेर मात्र आउन आग्रह गरेको छ । केही विद्यार्थी सम्पर्कविहीन भएको तथा केही मानसिक समस्या समेत परेको भन्दै सजक हुन अनुरोध गरेको हो ।
दूतावासले समस्या बढ्दो क्रममा रहेपछि सहजीकरणका लागि सम्पर्क अधिकारी तोकेको छ । कुनै समस्या परेको खण्डमा वा सहजीकरणको लागि ति व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’