आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कडा आन्दोलनमा पेट्रोलियम ढुवानी व्यवसायी, निगमले सम्झायो कानुन

मङ्गलबार, २८ भदौ २०७९, २१ : १९
मङ्गलबार, २८ भदौ २०७९

विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीहरुले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा गरेका छन् ।

तर नेपाल आयल निगमले यस्तो कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको छ । निगमले बन्द हड्ताल गर्न नमिल्ने विद्यमान कानुन पनि स्मरण गराएको छ । निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्राचार गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । 

 भदौ २३ को पत्रमार्फत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिन अनुरोध गरिएपनि  भदौ २४ गतेबाट व्यवसायीहरूले पेट्रोलियम पदार्थ आयात गर्न पिडिओ नलिएको निगमको भनाइ छ । जसका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रु लगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप