कडा आन्दोलनमा पेट्रोलियम ढुवानी व्यवसायी, निगमले सम्झायो कानुन
विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित बनेका छन् । व्यवसायीहरुले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा गरेका छन् ।
तर नेपाल आयल निगमले यस्तो कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि अविश्वास पैदा हुने भएकाले आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको छ । निगमले बन्द हड्ताल गर्न नमिल्ने विद्यमान कानुन पनि स्मरण गराएको छ । निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्राचार गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।
भदौ २३ को पत्रमार्फत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिन अनुरोध गरिएपनि भदौ २४ गतेबाट व्यवसायीहरूले पेट्रोलियम पदार्थ आयात गर्न पिडिओ नलिएको निगमको भनाइ छ । जसका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रु लगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन