किन गर्दैछन् एकैसाथ ३ मन्त्री विदेश भ्रमण ?
सरकारका तीन शक्तिशाली मन्त्री एकै साथ विदेश भ्रमणमा जान लागेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री जनार्दन शर्माको अमेरिका, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) स्वीडेन र भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको इजरायल भ्रमण स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको जानकारी दिए । त्यस्तै ०७९ असोज ८ र ९ गते स्विडेनको स्टकहोममा आयोजना १४ एनआएन रिजनल मिटिङमा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिला मन्त्री शर्माको भ्रमण पनि सरकारले स्वीकृति गरेको छ ।
किवुज हाइलेवल स्टडीज भिजिट इन इजरायल कार्यक्रममा सहभागी हुन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ इजरायल जान पनि सरकारले स्वीकृति दिएको छ । निर्वाचनको सम्मुखमा मन्त्रीहरु विदेश भ्रमणमा जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु