शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : अध्यक्ष लीको दिनभर दौडधुप, क्लाइमेक्समा महाभियोग

मङ्गलबार, २८ भदौ २०७९, २० : ०७
मङ्गलबार, २८ भदौ २०७९

 

आज २०७९ साउन भदौ २८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

लीको दौडधुप

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुइ पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले चीनले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् । 

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्सुलाई  विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन आग्रह गरेका छन् । 

 

 

 

 

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । 

पल शाह र सन्दीप लामिछाने प्रकरणमा के छ फरक 

यतिबेला सामाजिक सञ्जालमा एउटा बहस सुरु भएको छ, ‘पल शाहजस्तै सन्दीप लामिछाने पनि साढे २ वर्ष जेल जाने भए ।’ किनभने पल शाहलाई बलात्कारको आरोप लगाउने किशोरीको उमेर पनि १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम थियो । तर नवलपुर जिल्ला अदालतले उक्त मुद्दामा फैसला गर्दा जबरजस्ती करणीको कसुर स्थापित हुन नसकी बाल यौन दुरुपयोगको कसुरमा दोषी ठहर गरिएको थियो ।


चामलको मूल्य अझै महँगिने

भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् । भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

पटक–पटक डेंगु हुन सक्छ ?​

पछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता ल्याउँछ कि ल्याउँदैन ? लगायत चिन्ताले धेरैले सताएको छ । 

संघ ताक्दै १९ नेता

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट २२५ जना उम्मेदवार सिफारिसमा परेका छन् । त्यसमध्ये १९ नेता हाल प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका छन् । प्रदेशबाट संघमा जाने चाहना राख्ने सबैभन्दा धेरै नेता एमालेका छन् । प्राप्त तथ्याङ्क अनुसार हाल प्रदेशसभामा रहेका र संघमा जान चाहने नेताहरुमा पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई, भीम आचार्य तथा केही मन्त्रीसहित ११ जना छन् ।

तमलोपा र सद्भावना पार्टीबीच तालमेल

वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ । दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले सो निर्णय गरेको नेपाल सद्भावना पार्टीका सहमहासचिव डा.रविन्द्र कुमार चौधरीले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवारी दिने निर्णय भएको उनले बताए ।

राष्ट्रपतिले नागरिकता विधेयक छुटाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेपनि नागरिकता विधेयक भने छुटाएकी छन् । राष्ट्रपतिले यसअघि नागरिकता विधेयकमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि संसदले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएका थिए ।

जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह

चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ । चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।

राणामाथिको महाभियोग टुंगिने

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेर सकाएकाे छ । जबरासँग सबै प्रश्न सोधेर मंगलबार सकिएपछि​समितिले संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश जबराबारे निर्णयमा पुग्ने भएको छ ।

कोरोना​ अपडेट

पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप