बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साफमा भारतको पहिलो हार, बंगलादेशले रच्यो इतिहास

मङ्गलबार, २८ भदौ २०७९, १९ : ३९
मङ्गलबार, २८ भदौ २०७९

भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार ब्यहोर्यको छ । यता बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।

महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ । जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप