सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरूलाई लालपुर्जा वितरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री श्रेष्ठले स्थानीय तहले उर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनिएको भन्दै आजलाई त्यो फाइदा भएको देखिए पनि त्यसले दिगो रूपमा ठुलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मूल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रह समेत गरेकी छन् । उनले नीति तथा कार्यक्रम र बजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सबै खालका समस्या समाधान गरिसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक
-
रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित
-
नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख
-
सुस्तावासी दशकौँदेखि नागरिकता र भूमि सम्बन्धी समस्या झेल्दै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’
-
सुस्ताको समस्या समाधानमा उच्च तहबाट आँट गर्नुपर्छ