शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रुपन्देहीका पत्रकारहरूको दुर्घटना बीमा

मङ्गलबार, २८ भदौ २०७९, १८ : ५६
मङ्गलबार, २८ भदौ २०७९

नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरूका लागि दुर्घटना बीमा गरेको छ । महासंघ अन्तरगत रहेका ३१६ जना सदस्यहरूको सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग मंगलबार बुटवलमा  बीमा सम्झौता गरिएको हो ।

महासंघले सामूहिक बीमा अन्तरगत १ लाख बराबरको औषधी उपचार दाबी गर्न पाउने गरी बीमा कम्पनीसँग सम्झौता गरिएको रुपन्देही अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । महासंघमा आबद्ध सदस्यहरू कुनै पनि दुर्घटना परेको खण्डमा औषधि उपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा  सुरेश आचार्यले पत्रकारहरूको दुर्घटना  उनले सबै ठाउँमा पत्रकारहरूले बीमा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप