५ विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपतिले नागरिकता विधेयक छुटाइन्
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेपनि नागरिकता विधेयक भने छुटाएकी छन् । राष्ट्रपतिले यसअघि नागरिकता विधेयकमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि संसदले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएका थिए । तर, शीतल निवासमा विधेयक पुगेको एक साता पुगेपनि प्रमाणीकरण हुन सकेको छैन ।
बरु राष्ट्रपतिले विधेयकबारे निरन्तर परामर्श गर्दै आएकी छन् । यहीबीचमा मंगलबार राष्ट्रपतिले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका नागरिकता बाहेकका विधेयकहरुहलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण