आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

५ विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपतिले नागरिकता विधेयक छुटाइन्

मङ्गलबार, २८ भदौ २०७९, १७ : ०३
मङ्गलबार, २८ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेपनि नागरिकता विधेयक भने छुटाएकी छन् । राष्ट्रपतिले यसअघि नागरिकता विधेयकमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि संसदले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएका थिए । तर, शीतल निवासमा विधेयक पुगेको एक साता पुगेपनि प्रमाणीकरण हुन सकेको छैन । 

बरु राष्ट्रपतिले विधेयकबारे निरन्तर परामर्श गर्दै आएकी छन् । यहीबीचमा मंगलबार राष्ट्रपतिले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका नागरिकता बाहेकका विधेयकहरुहलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । 
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् । 

यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप