शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

मङ्गलबार, २८ भदौ २०७९, १६ : ४५
मङ्गलबार, २८ भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुइ पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले चीनले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरेका छन् । यस्तै अध्यक्ष लीले नेपाल र चीनको सम्बन्धका बारेमा कुरा राखेका थिए । 

सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन् । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप